Sunday, February 6, 2011

एकादेशमा .......!!

कथा सुन्दैछु
एकादेशको ........
आजकाल
निरिह बनेर इतिहास
बोल्दै छ आलो रगतको
बाचा र बन्धनहरू
जाल र कपट हरु
असरल्ल असरल्ल खुल्दै छन
सारीहरु .....................
न सम्हाल्ने कोहि
न पहिराउने कोहि
छन् फगत् सकुनीहरु
यत्र तत्र कौरवहरु
नांगा आँखाहरु
चिल्ला जिब्राहरू
युद्ध लडीरहेछन
उदेश्यहीन निरन्तर निरन्तर ...........//
समझ बिनाका एकलब्यहरु
अझै...
द्रोणचार्य खोजि रहे छन्
हातमा लिएर बुढी औला /
रगत चुहाउदै
रगतको खोजि गर्ने हरु
अस्तित्तो मेटिएको थाहै पाउदैनन

चिन्दैनन् कहिले आफुलाई
खोज्दा खोज्दै
अस्तित्तो.......
चिन्दा चिन्दै परिचय
इतिहास बनिरहे छन्
थुप्रै थुप्रै वर्तमान हरु
भित्र .........
भित्र कतै खोपीमा
भण्डारे छ भण्डारा छ
के छैन सब थोक छ
मख्ख छ मस्त छ
परिवेश ...........................
अलि पर चौराहामा
बादर को हुल छ
जो भोको पेट
खोजिरहे छ .......
एक टुक्रा .....
फगत् एक टुक्रा .....!!!
जुठो रोटी...............................................!!!!!







No comments:

Post a Comment