Thursday, September 13, 2012

हुन्थेयो त मजा हुन्थेयो


तिमि र मेरो घर हुन्थेयो त मजा हुन्थेयो
तेसैमा तिम्रो भर हुन्थेयो त मजा हुन्थेयो
दियौ दिन त दुध गिलास भरि त्यो साँझ
दुधमा अझ तर हुन्थेयो त मजा हुन्थेयो
छौ नि तिमि पनि पूर्ण गुणले भरिपुर्ण
तेसैमा मेरो डर हुन्थेयो त मजा हुन्थेयो
क्या सुहाको पिपल तिमिसंगै यो चौतारी
यसैमा अझ वर हुन्थेयो त मजा हुन्थेयो
क्या मिठास छ तिम्रो अनुरोधमा यसैनी
अलिकति कर हुन्थेयो त मजा हुन्थेयो

No comments:

Post a Comment