Thursday, September 13, 2012

किन खोज्छन

मर्न पाए  भन्ने हरु बाच्न किन खोज्छन
अलिकति पिए पछि नाच्न किन खोज्छन
थाहा छ सकिन्छ दुनिया एकदिन भन्ने
तरठगेर आफैलाई साच्ना किन खोज्छन
सबै कुरा सम्भब छैन दुनियामा मान्छेलाई
र पनि फुटेको चुरा गास्न किन खोज्छन
पिर लुकाउन सकिदैन मनभरिका यहाँ
तर पनि ओठ च्यापेर हास्न किन खोज्छन
सिमा हुन्छ हर चिज को दुनियामा यहाँ
आफ्नो बाहेक अरुको मास्न किन खोज्छन

No comments:

Post a Comment